२०८२, १ मंसिर सोमबार

प्रधानमन्त्री केपी ओली शनिबार स्पेन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी ओली शनिबार स्पेन भ्रमणमा जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणका लागि शनिबार त्यस तर्फ जानुहुने भएको छ । असार १६ देखि १९ गतेसम्म हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिन ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यस तर्फ जान लाग्नु भएको हो ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटमा नेपाल र स्पेनबिच आपसी सम्बन्ध विस्तार तथा सहयोगका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा केही महत्त्वपूर्ण समझदारी पत्रहरूमा हस्ताक्षर हुने सम्भावना रहेको छ । प्रधानमन्त्रीले सम्मेलनमा सहभागी अन्य देशका नेताहरूका साथै नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नुहुने कार्यक्रम छ । सो अन्तरक्रियाले लगानी, पर्यटन र व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीको युरोपियन मुलुकको यो भ्रमणलाई नेपाल–स्पेन सम्बन्धलाई थप सुदृढ बनाउने, वैदेशिक लगानीको सम्भावना बढाउने र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सक्रिय उपस्थिति जनाउने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ । आर्थिक कूटनीतिक सक्रियता बढाउँदै आएको वर्तमान सरकारले यस्ता भ्रमणमार्फत विकास साझेदारीलाई सशक्त बनाउने लक्ष्य राखेको सन्दर्भमा प्रधानमन्त्रीको यो भ्रमण महत्त्वपूर्ण बन्न सक्ने कूटनीतिक वृत्तले अपेक्षा राखेको छ ।

प्रकाशित मिति : २०८२, १२ असार बिहीबार  ३ : ५५ बजे

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट