२०८३, २४ आश्विन आईतबार

प्रधानमन्त्री केपी ओली शनिबार स्पेन भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी ओली शनिबार स्पेन भ्रमणमा जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमणका लागि शनिबार त्यस तर्फ जानुहुने भएको छ । असार १६ देखि १९ गतेसम्म हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिन ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यस तर्फ जान लाग्नु भएको हो ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । भेटमा नेपाल र स्पेनबिच आपसी सम्बन्ध विस्तार तथा सहयोगका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा केही महत्त्वपूर्ण समझदारी पत्रहरूमा हस्ताक्षर हुने सम्भावना रहेको छ । प्रधानमन्त्रीले सम्मेलनमा सहभागी अन्य देशका नेताहरूका साथै नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्नुहुने कार्यक्रम छ । सो अन्तरक्रियाले लगानी, पर्यटन र व्यापार प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीको युरोपियन मुलुकको यो भ्रमणलाई नेपाल–स्पेन सम्बन्धलाई थप सुदृढ बनाउने, वैदेशिक लगानीको सम्भावना बढाउने र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सक्रिय उपस्थिति जनाउने महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ । आर्थिक कूटनीतिक सक्रियता बढाउँदै आएको वर्तमान सरकारले यस्ता भ्रमणमार्फत विकास साझेदारीलाई सशक्त बनाउने लक्ष्य राखेको सन्दर्भमा प्रधानमन्त्रीको यो भ्रमण महत्त्वपूर्ण बन्न सक्ने कूटनीतिक वृत्तले अपेक्षा राखेको छ ।

प्रकाशित मिति : २०८२, १२ असार बिहीबार  ३ : ५५ बजे

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै