काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन थालेको छ। एकातिर अमेरिका नेतृत्वको पश्चिमी गठबन्धन छ भने अर्कोतिर चीन र रूसबीचको बढ्दो सामीप्यले विश्वलाई नयाँ ध्रुवीकरणतर्फ धकेलिरहेको विश्लेषण हुन थालेको छ। चीनका राष्ट्रपति सी जिनपिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बीचको सम्बन्ध अहिले केवल कूटनीतिक सहकार्यमा सीमित छैन। दुवै नेताले एकअर्कालाई “सबैभन्दा निकट…