काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री यादवले ६ जना नयाँ मन्त्री नियुक्त गरेका हुन्। मन्त्रिपरिषद् विस्तारसँगै मधेश प्रदेश सरकार मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ। सरकार गठन भएको करिब एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिइएको हो। नवनियुक्त मन्त्रीहरूलाई बुधबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद…