२०८३, ९ असार बुधबार

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली


विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टीद्वारा गठित ‘नेशनल भोलेन्टियर्स फोर्स’ मार्फत देशभरका मतदान केन्द्रमा स्वयंसेवक परिचालन गरिने बताएका छन्।

झापाको दमक मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका संवैधानिक तथा महत्वपूर्ण संरचनामाथि हुने सम्भावित आक्रमण रोक्न संगठित युवा शक्ति आवश्यक रहेको धारणा राखे। विगतका आन्दोलनका क्रममा सरकारी संरचनामा भएको तोडफोड र आगजनीबाट पाठ सिक्दै यो फोर्स गठन गरिएको उनले स्पष्ट पारे।

‘विगतमा युवाशक्ति व्यवस्थित नहुँदा राज्यका संरचनामा ठूलो क्षति पुग्यो, अब त्यस्तो अवस्था दोहोरिन दिइने छैन,’ ओलीले भने, ‘देशका संस्थाहरूमाथि हुने आक्रमण अब कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन एमालेले विशेष रणनीति अपनाउने उनले बताए। निर्वाचनका दिन देशभरका प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जनाका दरले ‘नेशनल युथ फोर्स’ का स्वयंसेवक खटाइने जानकारी उनले दिए।

ओलीको उक्त अभिव्यक्तिपछि निर्वाचन सुरक्षामा राजनीतिक दलको भूमिकाबारे बहस सुरु भएको छ। निर्वाचन सुरक्षाको संवैधानिक जिम्मेवारी राज्य निकायसँग रहने भए पनि दलहरूले आफ्ना स्वयंसेवक परिचालन गर्ने घोषणा गरेसँगै त्यसको प्रभाव र सीमा सम्बन्धी प्रश्न उठ्न थालेका छन्।

प्रकाशित मिति : २०८२, ११ फाल्गुन मंगलबार  १२ : ०४ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि