२०८३, ८ भाद्र मंगलबार

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा घरदैलोमा

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा घरदैलोमा


बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. १ कोशीपारी क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले घरदैलो अभियानलाई तीव्र बनाएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा उम्मेदवार अमित लामा यतिबेला गाउँ-गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिरहेका छन्। अभियानका क्रममा लामा काभ्रेको चौरीदेउराली गाउँपालिकाका विभिन्न वडामा पुगेका छन्। घरदैलोमा उनले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरेका छन्।

लामाले कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सुनकोशी तेस्रो जलविद्युत आयोजना सुरु गर्न पहल गर्ने बताएका छन्। उनका अनुसार नेपाल सरकारको बहुप्रतीक्षित उक्त आयोजना यस क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको परियोजना भएकाले शीघ्र कार्यान्वयनमा जोड दिइनेछ।

यस आयोजनाले स्थानीय युवालाई रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा राजस्व वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। परियोजना सुरु भएसँगै दोलालघाटदेखि दोभानटारसम्म जल–पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा सिँचाइ व्यवस्थापन सुधार र सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको उम्मेदवार लामाको भनाइ छ। धार्मिक पर्यटन विस्तारका लागि पाथीभारा मन्दिर, चौरीदेउराली मन्दिर, खाँदादेवी मन्दिर र नाग्रेगगर्चे लाई विकासको केन्द्रका रूपमा अघि बढाइने मार्गचित्रबारे घरदैलोमार्फत् मतदातालाई जानकारी गराइँदै आएको छ।

घरदैलो अभियानमा समानुपातिक उम्मेदवार ईन्द्र तामाङ, एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, पूर्व सांसद नविना लामा, बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा, नेकपा एमाले बागमती प्रदेश सदस्य तथा पालिका इन्चार्ज ठाकुर बाँस्कोटा, एमाले जिल्ला सदस्य एमाले क्षेत्र नं १ का संयोजक ईन्द्रमान लामा, नेताहरू जेनिश लामा र रक्तिम लामा, एमाले नेता नारायाण गौताम, पालिका अध्यक्ष बलराम बलराम ढुंगाना ,युवा नेताहरू दीपक चौलागाई, विक्रम चौलागाई, घनश्याम लामा लगायत स्थानीय नेता-कार्यकर्ता तथा समर्थकहरूको सक्रिय सहभागिता रहेको छ। एमालेले “समृद्ध कोशीपारी” निर्माणका लागि स्पष्ट विकास मार्गचित्रसहित मतदातासँग विश्वासको मत मागिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ११ फाल्गुन मंगलबार  ८ : २७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन