काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा बस्नेतले पुर्याएको योगदान इतिहासमै अमिट रहने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले लोकतान्त्रिक अधिकार प्राप्तिको संघर्षमा बस्नेतले लामो जेलजीवन, कठोर यातना र अनेकौं कठिनाइ…