काठमाडौ। वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई अपिल गर्नुभएको छ। मुख्यमन्त्री थापा मगरले लगातारको वर्षाका कारण खोलानाला तथा नदीको सतह बढ्दै गएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको हो। उहाँले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन तथा अनावश्यक यात्रा नगर्न प्रदेशवासीलाई आग्रह गर्नुभएको…