काठमाडौं। नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। पार्टीले जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ र देशभर जिल्ला तथा क्षेत्र स्तरबाट सिफारिस प्रक्रिया जारी छ। सिफारिस क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा…