२०८३, १० कार्तिक मंगलबार

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार जोड्ने पुल बाढीले बगाएको छ। घट्टेखोला क्षेत्रमा केही घरमा लेदोसहितको पानी पसेको र बूढीगण्डकी नदीको बहाव निरन्तर बढिरहेको भन्दै गृहमन्त्री सुधन गुरुङले तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्री गुरुङले उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई…