२०८३, २० आश्विन बुधबार

एमालेको मोटरसाइकल र्यालीमा हजारौ मतदाताको सहभगिता, एमाले नेता महेश बस्नेतलाई चोकचोकमा स्वागत

एमालेको मोटरसाइकल र्यालीमा हजारौ मतदाताको सहभगिता, एमाले नेता महेश बस्नेतलाई चोकचोकमा स्वागत


भक्तपुर, १७ फागुन । नेकपा (एमाले) भक्तपुर क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले आज आयोजना गरेको मोटरसाइकल र्यालीमा पाँच हजार भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी गाडी सहभागि विशाल र्याली सम्पन्न भएको छ ।

रास्वपाले शनिवार बिभिन्न जिल्लाबाट भित्रयाएका आयातित व्यक्तिहरुको झुण्ड सहभागि मोटरसाइकल र्याली गरेको भोलीपल्ट आज आइतबार एमाले सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले आज स्थानीय मतदाताहरु मात्रै सहभागिता रहेको पाँच हजार भन्दा बढी मोटरसाईकल र १०० भन्दा बढी गाडीमा १५ हजारभन्दा बढी सहभागि रहेको विशाल मोटरसाइकल र्याली प्रर्दशन गरेको छ ।

आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभाका निर्वाचनको प्रचारप्रसारको अन्तिम चरणमा आयोजना गरेको र्याली भक्तपुर क्षेत्र नं. २ अन्तरगतका सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका क्षेत्रका सम्पूर्ण वडा केन्द्रीत गरिपरिक्रमा गरेको थियो । भक्तपुरको सल्लाघारी चौरबाट सुरु भएको र्याली राधेराधे, बोडे, मध्यपरथिमि, सानोठिमी, लोकन्थली, कौशलटार, बालकोट, सिरुटार, चित्रपुर, गाम्चा, गुण्डु, पाण्डुबजार, सूर्यविनायक चोक, डोलेश्वर, आदर्श चोक, सूर्यविनायक हुदै कटुञ्जे चक्रपाणी चोकमा पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक एवं पार्टी अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा, जिल्ला पदाधिकारीहरु, बिभिन्न भातृ संगठनका पदाधिकारी एवं प्रतिनिधिहरु, युवा संघ, युथ भोलेन्टर र मतदाताहरुको सहभागिता रहेको थियो ।

मोटरसाईकल र्यालीको क्रममा बिभिन्न ठाउँमा स्थानीयले भव्य स्वागत गरेका थिए । नेता महेश बस्नेतले यसै क्रममा बोडे, बालकोट, गाम्चा, गुण्डुलगायतका स्थानमा विशेष सम्बोधन गर्दै चुनावी एजेण्डाहरु प्रस्तुत गर्नु भएको थियो । र्यालीमा सहभागीहरुले ‘देशले रोजेको, भक्तपुरले खोजेको’ महेश बस्नेत, ‘महेश बस्नेतको जीत, भक्तपुरवासीको हित’, भक्तपरले के भन्छ महेश बस्नेत लेउ भन्छ जस्ता नारा लगनएका थिए ।

कोण सभामा बोल्दै एमाले सचिव एवं उम्मेदवार महेश बस्नेतले आफू जनताको शासक बन्न नभई सेवक बन्न आएको बताउदै भक्तपुरको विकास, देशको समृद्धि, विसका, सुशासन, राष्ट्र र राष्ट्रियताको लागि आफ्नो उम्मेदवार रहेको बताउदै नेपाललाई विदेशीको चंगुलबाट जोगाउन देशलाई एमाले आवश्यक रहेको बताउनुभयो ।

स्वदेशमै युवा रोजगारी, पर्यटनको विकाससंगै भक्तपुरमा आफूले सांसद हुँदा सुरु गरेको तर पछिल्लो सरकारले बजेट काटिएर रोकिएका विकासको काम पुरा गर्न आफ्नो उम्मेदवारी रहको बताउनुभयो । उहाँले एमाले देश बदल्न अगाडि बढेको, विदेशी हस्तक्षेपलाई रोक्न र देशको समृद्धिको खाका अगाडि लिएर अगाडि बढेको बताउनुभयो ।

एमाले र महेश बस्नेत चुनावको बेलामात्र देखिने पार्टी नभई संकटमा समेत जनताको साथमा उभिने गरेको बताउदै उहाँले ०७२ सालको भुकम्प, कोरोनालगायतका संकटकालिन समयमा दुःखमा परेका जनतालाई साथ दिन, राहत दिन, जनताको घरदैलोमा पुगेको स्मरण गर्दै विगत १० वर्ष अगाडिको आफ्नो क्षेत्रको अबस्था र अहिलेको विकासको अबस्था सम्झेर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । नेता बस्नेतले भन्नुभयो, ‘अरुले वाचा गर्छन तर एमालेले बोलेको कुरा पुरा गर्छ भन्दै देश अनुभवीले मात्रै सन्तुलित अबस्थामा चलाउन सक्ने बताउनुभयो ।

कार्यक्रममा सभापति अध्यक्ष बचन देउजाले महेश बस्नेतको उम्मेदवारी भक्तपुरको विकास र समृद्धिको लागि मात्र नभई देश बचाउनका लागि पनि भएको बताउदै भक्तपुरका जनताको भावनालाई प्रतिनिधिसभामा वा कानुन निर्माण गर्ने ठाउँमा पुर्याउन र विकासलाई अगाडि बढाउन रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८२, १६ फाल्गुन आईतबार  ११ : १७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय