२०८३, २० जेष्ठ बिहीबार

सर्वोच्चमा रिट निवेदन: प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन बदरको माग

काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार दिउँसोसम्म आधा दर्जनभन्दा बढी रिट निवेदन पेस भएका छन्। ती निवेदनमा मुख्य रूपमा दुई माग देखिएका छन् - पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न तथा प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले पुनर्स्थापनाको आदेश दिन। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, निवेदन दर्ता भएपछि तत्काल सुनुवाइ गरिनेछ। निवेदनहरू सरकार…