२०८३, १० कार्तिक मंगलबार

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रसाईंले आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको मागसहित आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेको केही घण्टामै उनी पक्राउ परेका हुन्।

प्रहरीले तत्काल पक्राउको स्पष्ट कारण सार्वजनिक गरेको छैन। यद्यपि, प्रसाईं यसअघि पनि सार्वजनिक अभिव्यक्ति तथा अन्य आरोपसँग सम्बन्धित विभिन्न प्रकरणमा पटक–पटक पक्राउ परेका थिए।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानसँग आबद्ध रहँदै विभिन्न राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। पछिल्लो पत्रकार सम्मेलनमा उनले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने पक्राउसँग सम्बन्धित विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३, १६ श्रावण आईतबार  ११ : ३४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना