२०८३, २९ भाद्र मंगलबार

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय


काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीमध्ये ६ जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोज तथा उद्धारका लागि पर्यटन विभागले इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिएको छ।

पर्यटन विभागका अनुसार पाकिस्तानमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरू, स्थानीय अधिकारी तथा उद्धार टोलीसँग समन्वय गर्दै घटनास्थलतर्फ परिचालन हुने तयारीमा छन्। विभागका प्रवक्ता हिमाल गौतमले पाकिस्तानमा नेपाली शेर्पा र पर्वतारोहण कम्पनीहरूको उल्लेखनीय उपस्थिति रहेको र उनीहरू आपसी समन्वयमा खोज तथा उद्धार अभियानमा जुटिरहेको बताएका छन्।

उनले घटनालाई ‘अभूतपूर्व’ भन्दै विभिन्न स्रोतबाट आएका विरोधाभासपूर्ण सूचनाका कारण अझै पनि उद्धारको आशा पूर्ण रूपमा समाप्त नभएको उल्लेख गरे। ब्रड पिकमा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। हालसम्म घटनास्थलबाट चार जनाको शव फेला परेको भए पनि उनीहरूको औपचारिक पहिचान हुन बाँकी रहेको जनाइएको छ।

खोज तथा उद्धार अभियानमा पाकिस्तानी सेनाका हेलिकप्टर, स्थल उद्धार टोली तथा स्थानीय सुरक्षा निकायहरू परिचालन गरिएका छन्। नेपाली पक्षले पनि सबै सम्भावित माध्यमबाट बेपत्ता पर्वतारोहीहरूको अवस्था पत्ता लगाउने प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  १२ : ४३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक