२०८३, १० कार्तिक मंगलबार

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय


काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोहीमध्ये ६ जना अझै बेपत्ता रहेका छन्। उनीहरूको खोज तथा उद्धारका लागि पर्यटन विभागले इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिएको छ।

पर्यटन विभागका अनुसार पाकिस्तानमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरू, स्थानीय अधिकारी तथा उद्धार टोलीसँग समन्वय गर्दै घटनास्थलतर्फ परिचालन हुने तयारीमा छन्। विभागका प्रवक्ता हिमाल गौतमले पाकिस्तानमा नेपाली शेर्पा र पर्वतारोहण कम्पनीहरूको उल्लेखनीय उपस्थिति रहेको र उनीहरू आपसी समन्वयमा खोज तथा उद्धार अभियानमा जुटिरहेको बताएका छन्।

उनले घटनालाई ‘अभूतपूर्व’ भन्दै विभिन्न स्रोतबाट आएका विरोधाभासपूर्ण सूचनाका कारण अझै पनि उद्धारको आशा पूर्ण रूपमा समाप्त नभएको उल्लेख गरे। ब्रड पिकमा आएको हिमपहिरोपछि विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। हालसम्म घटनास्थलबाट चार जनाको शव फेला परेको भए पनि उनीहरूको औपचारिक पहिचान हुन बाँकी रहेको जनाइएको छ।

खोज तथा उद्धार अभियानमा पाकिस्तानी सेनाका हेलिकप्टर, स्थल उद्धार टोली तथा स्थानीय सुरक्षा निकायहरू परिचालन गरिएका छन्। नेपाली पक्षले पनि सबै सम्भावित माध्यमबाट बेपत्ता पर्वतारोहीहरूको अवस्था पत्ता लगाउने प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  १२ : ४३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना