काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका जिल्ला सभापति तीर्थ लामाले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएका छन्। बिहीबार जारी विज्ञप्तिमार्फत सभापति लामाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा १७ (२) बमोजिम आह्वान गरिएको विशेष महाधिवेशन पार्टीका लागि निर्णायक र ऐतिहासिक भएको उल्लेख गर्दै प्रतिनिधिहरूलाई सक्रिय सहभागिता जनाउन निर्देशन दिएका…