२०८३, ९ कार्तिक सोमबार

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’


काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य रूपमा विमान परिवर्तन गराइएको खुलासा भएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा ट्रम्प सार्वजनिक रूपमा ‘एयर फोर्स वन’ मा चढेको देखिए पनि केही मिनेटमै उनलाई विमानस्थलको क्याटरिङ ट्रकमार्फत अर्को विमानमा सारिएको थियो।

ट्रम्पलाई गोप्य रूपमा सानो C-32A सैन्य विमानमा पुर्‍याइएको थियो। त्यसपछि ‘एयर फोर्स वन’ लाई नै ट्रम्प सवार विमानजस्तो देखाएर उडाइएको बताइएको छ। घटनाबारे विमानमा रहेका केही पत्रकार तथा ह्वाइट हाउसका कर्मचारीसमेत अनभिज्ञ रहेको रिपोर्टमा उल्लेख छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले इरानबाट राष्ट्रपतीय विमानलाई क्षेप्यास्त्रमार्फत निशाना बनाउन सक्ने विश्वसनीय खतरा पहिचान भएको जनाएको छ।

रिपोर्टअनुसार ट्रम्पलाई सारिएको C-32A बोइङ ७५७ मा आधारित सैन्य विमान हो। अमेरिकी रक्षामन्त्री पीट हेगसेथ पनि छुट्टै C-32A मा चढेका थिए, जसबाट नियमित यात्रा भइरहेको जस्तो देखाउने प्रयास गरिएको बताइएको छ।

ट्रम्प टर्की पुगेका बेला कतारले दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर फर्किने क्रममा सुरक्षा कारणले पुरानो ‘एयर फोर्स वन’ प्रयोग गर्ने योजना परिवर्तन गरिएको थियो।

ह्वाइट हाउसले भने ट्रम्पलाई क्याटरिङ ट्रकमार्फत अर्को विमानमा सारिएको घटनाको औपचारिक पुष्टि गरेको छैन।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ३ : ४२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि