२०८३, २८ भाद्र सोमबार

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’


काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य रूपमा विमान परिवर्तन गराइएको खुलासा भएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा ट्रम्प सार्वजनिक रूपमा ‘एयर फोर्स वन’ मा चढेको देखिए पनि केही मिनेटमै उनलाई विमानस्थलको क्याटरिङ ट्रकमार्फत अर्को विमानमा सारिएको थियो।

ट्रम्पलाई गोप्य रूपमा सानो C-32A सैन्य विमानमा पुर्‍याइएको थियो। त्यसपछि ‘एयर फोर्स वन’ लाई नै ट्रम्प सवार विमानजस्तो देखाएर उडाइएको बताइएको छ। घटनाबारे विमानमा रहेका केही पत्रकार तथा ह्वाइट हाउसका कर्मचारीसमेत अनभिज्ञ रहेको रिपोर्टमा उल्लेख छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले इरानबाट राष्ट्रपतीय विमानलाई क्षेप्यास्त्रमार्फत निशाना बनाउन सक्ने विश्वसनीय खतरा पहिचान भएको जनाएको छ।

रिपोर्टअनुसार ट्रम्पलाई सारिएको C-32A बोइङ ७५७ मा आधारित सैन्य विमान हो। अमेरिकी रक्षामन्त्री पीट हेगसेथ पनि छुट्टै C-32A मा चढेका थिए, जसबाट नियमित यात्रा भइरहेको जस्तो देखाउने प्रयास गरिएको बताइएको छ।

ट्रम्प टर्की पुगेका बेला कतारले दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर फर्किने क्रममा सुरक्षा कारणले पुरानो ‘एयर फोर्स वन’ प्रयोग गर्ने योजना परिवर्तन गरिएको थियो।

ह्वाइट हाउसले भने ट्रम्पलाई क्याटरिङ ट्रकमार्फत अर्को विमानमा सारिएको घटनाको औपचारिक पुष्टि गरेको छैन।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  ३ : ४२ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल