२०८३, २८ भाद्र सोमबार

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी


रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण पहिरोले ठूलो मानवीय क्षति पुर्‍याएको छ। पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्। घटनामा २ जना घाइते भएका छन्। राति करिब ८ः४० बजे अविरल वर्षासँगै आएको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो। पहिरो खसेपछि गाउँमा त्रास फैलिएको थियो।

प्रहरीका अनुसार पहिरोमा पुरिएका ६० वर्षीय कमलबहादुर पुनमगर र १८ वर्षीया शान्ति पुनमगरको शव फेला परेको छ। पहिरोमा परेका २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगरलाई स्थानीयवासी र प्रहरीले घाइते अवस्थामा उद्धार गरेका छन्। घटनाको जानकारी राति ९ः३० बजे पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन भएको थियो। रातिको समय, लगातारको वर्षा र पहिरोको जोखिमका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय रोल्पाबाट डीएसपी पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहित १३ जना प्रहरीको टोली थप परिचालन गरिएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री पनि बिहान करिब ४ः३० बजे घटनास्थल पुगेका छन्। सुरक्षाकर्मी र स्थानीयवासी मिलेर बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन्।

प्रारम्भिक विवरणअनुसार पहिरोमा १० जना बेपत्ता छन्। घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण बेपत्ताको पहिचान र क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले थप पहिरोको जोखिमसमेत रहेको स्थानीयले बताएका छन्। उद्धार टोलीले जोखिमबीच बेपत्ताको खोजीलाई तीव्रता दिएको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  ८ : ५८ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल