२०८२, १७ चैत्र बुधबार

माओवादी केन्द्र बैठक : प्रचण्डको चलाखीपूर्ण खेल ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले घोषित मितिमै निर्वाचन गराउने निर्णय गर्दै बाहिर सन्देश दिएको छ। तर भित्री रुपमा भने यसलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चलाखीपूर्ण खेलको रूपमा व्याख्या गर्न थालिएको छ। बैठकमा प्रचण्डले आफूलाई संयोजकको भूमिकामा प्रस्तुत गर्दै कार्यकर्ताहरुलाई “महाधिवेशनतर्फ अघि बढ्ने” भ्रममा राखेको आरोप कार्यकर्तामाझ सुनिन थालेको…