२०८३, १२ असार शनिबार

माओवादी केन्द्र बैठक : प्रचण्डको चलाखीपूर्ण खेल ?

माओवादी केन्द्र बैठक : प्रचण्डको चलाखीपूर्ण खेल ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीको सचिवालय बैठकले घोषित मितिमै निर्वाचन गराउने निर्णय गर्दै बाहिर सन्देश दिएको छ। तर भित्री रुपमा भने यसलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चलाखीपूर्ण खेलको रूपमा व्याख्या गर्न थालिएको छ।

बैठकमा प्रचण्डले आफूलाई संयोजकको भूमिकामा प्रस्तुत गर्दै कार्यकर्ताहरुलाई “महाधिवेशनतर्फ अघि बढ्ने” भ्रममा राखेको आरोप कार्यकर्तामाझ सुनिन थालेको छ। पार्टी अध्यक्ष भएर पनि संयोजकको हैसियतमा निर्णय गरिनु भनेको कार्यकर्तालाई उल्झाउने प्रचण्डको पुरानै शैलीको निरन्तरता भएको टिप्पणी गरिएको छ।

राजनीतिक विश्लेषकहरूले प्रचण्डलाई नेपाली कम्युनिष्ट आन्दोलनकै एक निरंकुश र स्वेच्छाचारी नेताका रूपमा चित्रण गर्दै आएका छन्। निर्णय प्रक्रियामा सबैलाई सहभागी गराएको देखाउने तर वास्तविकता भने एकल निर्णयमै अड्किने प्रचण्डको प्रवृत्ति यसपटक पनि बैठकमा प्रस्ट झल्किएको बताइन्छ।

यद्यपि बैठकपछि प्रवक्ता अग्नि सापकोटाले “घोषित मितिमै निर्वाचन गर्ने सकारात्मक भूमिका खेल्ने” भन्दै सन्देश दिए पनि प्रचण्डकै शैलीमा सबै कुरा केन्द्रित भएको आरोप झन् बलियो भएको छ। समाजवादी मोर्चा विस्तार र पार्टी एकताको विषयलाई समेत उनले आफ्नो पकड मजबुत बनाउन प्रयोग गरिरहेको कार्यकर्ताहरूको बुझाइ छ।

यसैबीच, पार्टीभित्र र बाहिरका विषयमा दुई दिनपछि पुनः बैठक बस्ने भनिए पनि यसलाई पनि प्रचण्डकै रणनीति—समयमै छलफल लम्ब्याएर सबै निर्णय अन्ततः आफ्नै हातमा राख्ने शैलीको निरन्तरता भनिएको छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ४ : ४८ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि