२०८३, ३० भाद्र बुधबार

प्रधानमन्त्री कार्की आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्की आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । सम्बोधनअघि आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधन साँझ ६ बजे नेपाल टेलिभिजनलगायत राष्ट्रिय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण हुने सम्भावना रहेको बताइएको छ । सम्बोधनमा हालको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे विचार व्यक्त गरिनुका साथै सरकारका प्राथमिकताहरू सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीले राष्ट्रिय एकता, सुशासन र भ्रष्टाचारविरुद्ध कडा नीति अपनाउने प्रतिबद्धता जनाउँदै आएकी छन्। विश्लेषकहरूको भनाइमा, सम्भावित सम्बोधनमार्फत आगामी दिनमा सरकारको कार्ययोजना र दिशाबारे स्पष्ट सन्देश दिन सक्नेछन्।

सरकारको धारणा, भावी कार्यदिशा र नीतिगत प्राथमिकताबारे विस्तृत जानकारी राष्ट्रलाई दिने उद्देश्यले प्रधानमन्त्रीको सम्बोधन महत्त्वपूर्ण रहने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ६ : ५५ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको