२०८३, ९ कार्तिक सोमबार

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ


पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन् । गत साउन १५ गते दिउँसो भएको उक्त घटना पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएपछि मात्र बाहिर आएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आरोपी किशोरले ती बालिकालाई आफ्नो घरमा लिची खान भनी बोलाएका थिए र सोही क्रममा जबरजस्ती करणी गरेका थिए । घटना भएको लामो समयसम्म गुपचुुप रहे पनि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा लिखित किटानी जाहेरी दर्ता भएको थियो ।

जाहेरी परेलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको विशेष टोलीले आरोपी किशोरलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका किशोरमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कानुनी प्रक्रिया र आवश्यक अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ । पीडित र आरोपी दुवै नाबालिग भएकाले प्रहरीले उनीहरूको गोपनीयतालाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ५ भाद्र शनिबार  १ : ११ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि