२०८३, २१ भाद्र सोमबार

वागमती प्रदेशलाई पर्यटकको हव बनाउँछौ : मुख्यमन्त्री थापा

वागमती प्रदेशलाई पर्यटकको हव बनाउँछौ : मुख्यमन्त्री थापा


भक्तपुर, ६ भदौ : वागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हव बनाउने लक्ष्य रहेको बताउनु भएको छ । 

आज आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पुजा पछि केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजित स्वागत तथा बधाई कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले सिंगो वागमती प्रदेश पर्यटकीय गन्तव्यको हव बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुर आफैमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ, विश्वभरका पर्यटक र विषेशगरि हरेक वर्ष हजारौ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरि सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।”

उहाँले डोलेश्वर महादेवको आर्शिवाद, आस्था, संस्कृति र जनेिवाका संकल्पसंगै वागमती प्रदेशको सम्बृद्धिको यात्रा सुरु भएको बताउदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको सम्बृद्धीमा अगाडि बढ्ने संकल्प गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजका अबस्थासम्म पुर्याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८३, ५ भाद्र शनिबार  १२ : २१ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको