२०८३, ९ कार्तिक सोमबार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बस्दैछ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, संगठन व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम तथा अभियानका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुनेछ।

त्यस्तै, संगठनात्मक व्यवस्थापनअन्तर्गत केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन गर्ने विषय पनि बैठकको कार्यसूचीमा छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयनबारे समेत निर्णय हुने बताइएको छ।

योजना तथा अभियानतर्फ केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावमाथि छलफल हुनेछ। बैठकले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा समेत आवश्यक निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८३, ४ भाद्र शुक्रबार  ९ : १२ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि