काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र भौतिक पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारको प्रमुख आधार भएकाले यस क्षेत्रका समस्याको समाधान गर्न सरकार…