२०८३, १४ भाद्र सोमबार

बाढीपीडितका लागि कांग्रेस काभ्रेको दरिलो साथ, १७ लाख ६२ हजार सहयोग हस्तान्तरण

बाढीपीडितका लागि कांग्रेस काभ्रेको दरिलो साथ, १७ लाख ६२ हजार सहयोग हस्तान्तरण


काभ्रे । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली कांग्रेस काभ्रेले १७ लाख ६२ हजार ९५७ रुपैयाँ आर्थिक सहयोग जुटाएको छ।

जिल्ला सभापति तीर्थ लामाको नेतृत्वमा कांग्रेस काभ्रेले नेता, कार्यकर्ता तथा जनप्रतिनिधिबाट संकलन गरेको रकम सोमबार पार्टी कार्यालयमा हस्तान्तरण गरिएको हो।

संकलित रकम कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा, प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य उज्ज्वल बराललाई हस्तान्तरण गरिएको छ। रकम हस्तान्तरण कार्यक्रममा काभ्रेका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

बाढीबाट प्रभावित नागरिकलाई विपद्को घडीमा तत्काल राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको जिल्ला सभापति लामाले बताए।

कांग्रेस काभ्रेले संकलन गरेको सम्पूर्ण रकम नेपाली कांग्रेसको तर्फबाट नेपाल सरकारको विपद् कोषमा जम्मा गरिने जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिए।

भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही क्रममा कांग्रेस काभ्रेले पनि प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग जुटाएको हो।

प्रकाशित मिति : २०८३, १४ भाद्र सोमबार  १२ : ४४ बजे

मुख्यमन्त्री सडक र गाउँबस्तीमा, संघीय मन्त्रीहरू हेलिकप्टर र फेसबुकमा

काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाको चुनौती

रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव

रसुवा । रसुवामा पाँच दिनअघि आएको विनाशकारी बाढीको त्रासदी सीमापारि

बाढीपीडितका लागि कांग्रेस काभ्रेको दरिलो साथ, १७ लाख ६२ हजार सहयोग हस्तान्तरण

काभ्रे । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

विपतमा सक्रिय रेडक्रस, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

काठमाडौं । रसुवाको भोटेकोसी खोलामा आएको बाढीपछि नेपाल रेडक्रस सोसाइटीले