२०८२, १ फाल्गुन शुक्रबार

मन्त्रिपरिषद्को निर्णय : गृहमन्त्रालयमा दंगालको प्रवेश

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय र निकायमा कार्यरत तीन सचिवलाई नयाँ जिम्मेवारी दिएको हो। सरुवा अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिव बनाइएको छ भने गृह सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोग मा पठाइएको छ। दुवाडी करिब दुई महिनापछि अनिवार्य अवकाशमा जान लागेका छन्।…