काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन्। सोमबार सपथ ग्रहण गरी पदभार सम्हालेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए। मन्त्रालयका अनुसार, सिंहदरबारभित्रको केशर महलमा मन्त्रीको बसाइको व्यवस्था गरिएको छ। मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन्, “कोठा भेटियो। आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ। एक सेट सुत्ने…