२०८३, ९ आश्विन शनिबार

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने


काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज स्ट्रेट खोल्न सकिने जनाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा उल्लेखित सर्तहरू पूरा गरेपछि स्ट्रेट खोल्ने प्रक्रिया अघि बढाउन सकिने बताएका हुन्। अराघचीका अनुसार ती सर्तहरू अमेरिका र इरानबीच गत जुन १८ मा भएको १४ बुँदे समझदारीपत्र (एमओयू) मै समेटिएका छन्। यद्यपि उनले सर्तहरूको विस्तृत विवरण सार्वजनिक गरेनन्।

इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाइसकेको जानकारी दिँदै उनले अब निर्णय गर्ने जिम्मेवारी अमेरिकाको भएको बताए। उक्त एमओयूमा युद्धविराम लागू गर्ने, होर्मुज स्ट्रेट आंशिक रूपमा खोल्ने वातावरण तयार गर्ने तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषय समेटिएका थिए। सम्झौतामा इरानले आणविक हतियार हासिल नगर्ने प्रतिबद्धता जनाउने, अमेरिका–इरान तथा उनीहरूका सहयोगी पक्षबाट विभिन्न मोर्चामा भइरहेका सैन्य अभियान अन्त्य गर्ने विषय पनि उल्लेख थियो।

त्यसैगरी अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने र इरानमाथि लगाइएका प्रतिबन्धमा राहत दिने विषयसमेत समझदारीमा समेटिएको बताइएको छ। यसै आधारमा इरानले अमेरिका सम्झौताका सर्त कार्यान्वयन गर्न तयार भए सात दिनभित्र होर्मुज स्ट्रेट पुनः खोल्न सकिने संकेत गरेको हो। यता एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै दुवै देशबीच मध्यस्थमार्फत सकारात्मक वार्ता भइरहेको बताएका छन्। वार्तामा इरानको आणविक कार्यक्रमसम्बन्धी विषयसमेत समावेश रहेको उनको भनाइ छ।

विश्वकै महत्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेटलाई लिएर अमेरिका र इरानबीच भइरहेको पछिल्लो कूटनीतिक संवादलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ। स्ट्रेट खुल्ने वा नखुल्ने विषय भने दुई देशबीचको सहमति र त्यसको कार्यान्वयनमा निर्भर हुनेछ।

प्रकाशित मिति : २०८३, ९ आश्विन शनिबार  ९ : ४२ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा