२०८३, १० आश्विन आईतबार

जेनजीबाट थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ : प्रभुशम्शेर

जेनजीबाट थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ : प्रभुशम्शेर


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रहरीबाट निवासबाटै पक्राउ परेका छन्। पक्राउको स्पष्ट कारण प्रहरीले औपचारिक रूपमा सार्वजनिक नगरेका बेला उनका भाइ प्रभुशम्शेरले ‘जेनजीबाट थ्रेट रहेको भन्दै दाइलाई पक्राउ गरिएको’ बताएका छन्।

प्रभुशम्शेरका अनुसार आइतबार राति अपराध अनुसन्धान कार्यालय टेकुको टोली महाराजगञ्जस्थित जबराको निवास पुगेको थियो। प्रहरी आएको जानकारी पाएपछि जबराले भाइलाई फोन गरेका थिए। त्यसपछि आफूलाई प्रहरीले ‘जेनजीहरूबाट तपाईंलाई थ्रेट छ’ भन्दै पक्राउ गरेर लगेको जबराले बताएको प्रभुशम्शेरको भनाइ छ।

जबरालाई हाल टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको बताइएको छ। परिवारका सदस्यलाई समेत भेट्न नदिइएको र उनका छोरा भेटका लागि टेकु पुगेको प्रभुशम्शेरले जानकारी दिएका छन्।

जबरालाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पुर्जी लिइएको वा नलिइएको विषयमा समेत प्रश्न उठेको छ। अदालतसम्बद्ध स्रोतलाई उद्धृत गर्दै पक्राउ पुर्जी नलिइएको दाबी गरिएको छ। यस्तो अवस्थामा जरुरी पक्राउ अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको बताइएको छ।

तर जबरालाई कुन कसुर वा कुन उजुरीका आधारमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीको औपचारिक विवरण सार्वजनिक भएको छैन। पक्राउको कानुनी आधार र कारणबारे प्रहरीको आधिकारिक धारणा आएपछि घटनाबारे थप स्पष्ट हुने देखिन्छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  १० : ०८ बजे

नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार संभव छ : डा.अन्जनी कुमार झा

काठमाडौं । नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण

सत्ता बदल्ने कि शासन बदल्ने ?

सत्ता परिवर्तनभन्दा अगाडि बढेर शासनको चरित्र बदल्ने बहस काठमाडौं ।

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १८१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १८१ वटा सवारीसाधनका

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको