सर्लाही । प्रहरीमाथि कुटपिट र प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सर्लाहीको गोडैता नगरपालिका-७ का वडाध्यक्ष छोटेलाल दास पक्राउ परेका छन् । ४० वर्षीय वडाध्यक्ष दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईले जानकारी दिएका छन्। डीएसपी राईका अनुसार वडाध्यक्ष दासमाथि केही…