२०८३, १६ आश्विन शनिबार

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा सहभागी हुने भएका हुन्।

कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका छन्। कांग्रेसले ओली, दाहाल र लामिछानेलाई महाधिवेशनको उद्घाटन समारोहका लागि औपचारिक निमन्त्रणा दिएको थियो।

यस्तै, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको छ। उनीहरूले महाधिवेशनमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २०८३, १६ आश्विन शनिबार  १ : १८ बजे

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ