२०८३, २३ आश्विन शनिबार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए


मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि बेपत्ता भएका तेमालका तीन आरोही भेटिएका छन्।

हिमाल आरोहणको तयारीका लागि गएको २२ जनाको टोलीमध्ये केही सम्पर्कविहीन भएपछि खोजी तथा उद्धार अभियान सुरु गरिएको थियो। टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी रहेको प्रारम्भिक विवरण छ। बेपत्ता भएकामध्ये काभ्रेको तेमाल गाउँपालिका–१ कल्लेरीपाखाका बिख्रध्वज तामाङ (ललध्वज), डेमा दोर्जे तामाङ (लावाड) तथा तेमाल–५ नारायणथानका जगतबहादुर तामाङ समेत रहेका थिए।

हिमपहिरोपछि उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङ पुगे पनि खराब मौसमका कारण घटनास्थलमा अवतरण गर्न सकेको थिएन। प्रतिकूल मौसमका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको थियो। तीनै जना भेटिएपछि उनीहरूको अवस्था र स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ। हिमपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरणसमेत यकिन हुन सकेको छैन।

प्रकाशित मिति : २०८३, १६ आश्विन शनिबार  १ : ५४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि