२०८३, २३ आश्विन शनिबार

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि


काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ । आपूर्ति घट्नुका साथै ढुवानी तालिकाबारे अनिश्चितता बढेपछि विश्व बजारमा खाद्यान्नको मूल्यमा वृद्धि भएको संयुक्त राष्ट्रसंघ (यूएन) ले जनाएको छ ।

यूएनका महासचिवका प्रवक्ता स्टेफान दुजारिकका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक सेप्टेम्बरमा औसत १३६ अंक पुगेको छ । यो अगस्टको तुलनामा १.५ प्रतिशत र गत वर्षको सोही महिनाको तुलनामा ५.८ प्रतिशत बढी हो ।

सेप्टेम्बरमा चिनीको मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । चिनीको मूल्य ६.१ प्रतिशतले बढेर सन् २०२५ अप्रिलयताकै उच्च स्तरमा पुगेको दुजारिकले बताएका छन् । विश्व बजारमा चिनीको आपूर्ति थप कसिलो हुने अपेक्षाले मूल्य बढेको हो ।

त्यस्तै, अन्न तथा वनस्पति तेलको मूल्यमा पनि वृद्धि भएको छ । अन्नको मूल्य एक महिनामै ५.१ प्रतिशतले बढेको छ । विशेषगरी गहुँको मूल्य सन् २०२३ अगस्टयताकै उच्च स्तरमा पुगेको छ । कालासागर क्षेत्रमा देखिएको ढुवानी तथा तार्किक अवरोधका कारण गहुँको आपूर्तिमा असर परेको एफएओले जनाएको छ ।

मकैको मूल्य पनि तीन वर्षयताकै उच्च स्तरमा पुगेको छ । आपूर्ति घट्दै जानुका साथै होर्मुज जलमार्गबाट हुने ढुवानीबारे कायम अनिश्चितताले मकैको मूल्य बढाउन थप दबाब दिएको दुजारिकले बताए ।

विश्व बजारमा आपूर्ति शृंखलामा देखिएको अवरोधको प्रत्यक्ष असर व्यवसाय तथा उपभोक्तामा पर्ने देखिएको छ । खाद्य वस्तुको मूल्य बढ्दा घरपरिवारको दैनिक खर्चमा दबाब पर्नुका साथै समग्र मुद्रास्फीतिमा समेत थप चाप पर्नेछ । विशेषगरी खाद्य वस्तु आयातमा निर्भर मुलुकमा खाद्य असुरक्षाको जोखिम बढ्न सक्ने यूएनको भनाइ छ । सीसीटीभी

प्रकाशित मिति : २०८३, १६ आश्विन शनिबार  १ : ३३ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि