काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’ ४ हजार ८२१ मतसहित निर्वाचित भएका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ र नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरे। स्नेहीले नेपालीलाई ३ हजार ७०० मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।







प्रतिक्रिया