२०८३, २८ आश्विन बिहीबार

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट सत्ता परिवर्तन गराउने तथा आफूअनुकूल सरकार गठन गर्ने प्रवृत्तिमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन्।

बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाबाट सत्ता परिवर्तन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन्।

उनले लोकतन्त्रलाई कमजोर पार्ने गतिविधिमाथि अनुसन्धान आवश्यक रहेको धारणा राख्दै राज्य सञ्चालनमा जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्ने बताए।

कार्यक्रममा ओलीले सामाजिक सुरक्षाको विषय पनि उठाएका थिए। उनका अनुसार अशक्त, अपाङ्गता भएका व्यक्ति, असहाय, बेसहारा तथा ज्येष्ठ नागरिकको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न जनताको दैनिक जीवनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए। त्यसका लागि रोजगारीका अवसर विस्तार, उत्पादन वृद्धि र आम्दानीका स्रोत निर्माणमा ध्यान दिनुपर्ने ओलीको भनाइ थियो।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै जीवनस्तर सुधार गर्न सके मात्रै मुलुकको समृद्धिको लक्ष्य हासिल गर्न सकिने उनले बताए।

प्रकाशित मिति : २०८३, २८ आश्विन बिहीबार  ९ : ३५ बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै