काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम छिटो सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आइतबार दुवै दलको प्रतिनिधिमण्डल निर्वाचन आयोग पुगी जनताको ताजा जनादेश रोक्ने अधिकार कसैलाई नभएको भन्दै छिटो मतपरिणाम सार्वजनिक गर्न ध्यानाकर्षण गराएको हो । एमालेका उपाध्यक्ष भीम रावल, नेता सुवास नेम्वाङ, माओवादीका नेता कृष्णबहादुर महरा, वर्षमान पुनसहितको…