२०८३, १४ कार्तिक शनिबार

कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड

कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष हुनुपर्नेमा सांसदहरुको जोड


काठमाडौं । नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन् । आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएका उनीहरुले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए । राष्ट्रिय सभा दिगो विकास तथा सुशसान समितिका सभापति प्रकाश पन्थले अध्यक्षमा कांग्रेसको दावी रहने उल्लेख गर्दै प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभा फरक भएकाले विधि र विधेयकमै राष्ट्रिय सभा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटाले आफूहरुले सँधै राष्ट्रिय सभालाई राम्रो बनाउनेमा केन्द्रीत भएको जानकारी दिइन् । कांग्रेस नेता एवम राष्ट्रिय सभा सदस्य कृष्ण सिटौलाले अन्य पार्टीहरुको भन्दा कांग्रेसको दायित्व बढी भएकाले जनताप्रति समर्पित भएर काम र्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, अनिता देवकोटा, कृष्णप्रसाद पौडेल, दुर्गा कुमारी गुरुङ, नारायणदत्त मिश्र र युवराज शर्माले संसदीय अनुभव सुनाए । त्यस्तै नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरु सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुनेगरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : ३३ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा