२०८१, ५ चैत्र बुधबार

संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनु पर्छ : एमाले उपमहासचिव गुरुङ

संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनु पर्छ : एमाले उपमहासचिव गुरुङ


काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेश दुवैमा मन्त्रालयको संख्या घटाउनु पर्ने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले मन्त्रालय घटाउनु पर्ने बताउनु भएको हो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमालेका बैचारिक नेता गुरुङले जनतामा छाएको निरासा चिर्न मन्त्रालयको संख्या कटौती गर्न अनिवार्य रहेको तर्क गर्नुभयो । गुरुङका अनुसार संघमा १२ वटा मात्रै मन्त्रालय राख्नुपर्छ । ‘संघमा १२ र प्रदेशमा ७ वटा मात्रै मन्त्रालय भए पुग्छ । मुलुकले धान्नै नसक्ने गरी खर्च बढाउने भएकोले योभन्दा धेरै मन्त्रालय राखिरहन आवश्यक छैन,’ एमाले उपमहासचिव गुरुङले भन्नुभयो । संघीयतामा खर्च धेरै भयो भन्ने आलोचनाबाट बच्न पनि संघमा रहेको २५ वटा मन्त्रालय कटौती गरेर १२ वटामा झार्नुपर्ने उहाँले बताउनु भयो ।

उपमहासचिव गुरुङले संघीय सरकार मातहतका विभागहरु पनि कटौती गरी जिल्ला समन्वय समितिसमेत हटाउनु पने बताउनु भयो । प्रदेश र स्थानीय सरकारले संघीय सरकारले गर्ने काम पनि गर्ने भएकाले त्यहाँका विभागहरू हटाएर त्यहा कार्यरत कर्मचारीहरू तत्काल प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्नसके संघीयता कामकाजी हुने उहाँको भनाई थियो । संघीयतामा धेरै काम भएपनि त्यसको प्रचार हुन नसकेको निश्कर्ष समेत उहाँले सुनाउनु भयो ।

यस्तै उपमहासचिव गुरुङले प्रदेश र स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि पनि संघीय सरकारले तत्काल जनशक्ति र प्रहरी प्रशासनको आवश्यक व्यवस्थापन गर्न ढिलाइ गर्न नहुने सुझाव दिनुभयो ।

प्रकाशित मिति : २०८०, २४ माघ बुधबार  ८ : ५० बजे

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था