काभ्रे, ३२ साउन : शनिबार नेपाल कम्युनिष्ट पार्टी निकट रहेका काभ्रेको निर्माण व्यवसायीहरुको एकता भेलालाई सम्बोधन गर्दै नेकपा काभ्रेकी अध्यक्ष रुकु चौंलागाई (रचना) ले काभ्रेमा पार्टी एकता विभिन्न गुट र उपगुटहरुका कारण अल्मलिएको बताएकी छिन् । जिल्लामा पार्टी एकताका लागि यस्ता गुट र उपगुटहरुको अन्त्य हुनुपर्ने उनको भनाई थियो । ‘पार्टीभित्र अनेकन पार्टी बनेका छन्…