२०८३, २२ आश्विन शुक्रबार

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्यालको राजीनामा

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्यालको राजीनामा


काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजिनामा मागेको छ ।
महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो । साथै उहाँले आरोपित द्वयलाई राजिनामा दिइ अनुसन्धालाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।
महासंघको गत माघ २८ र २९ गते काठमाडौमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । कार्यक्रममा ट्रेड युनियन माथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामति कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट बन्चित गराउन नहुने बताउनुभयो । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसकोे निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिनुभयो । यसै गरी बालकुमारी हत्याकाण्डका दोषि नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने पनि उहाँले बताउनुभयो ।

त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उनले कानुन कार्यान्वयन गराउनु पर्ने बताए । नेपाल सरकाले कानुन र अस्थामा प्रहार गदै लुम्बिनिको रामग्रमको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्चाउन महासचिव देवकोटाले माग गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १० फाल्गुन बिहीबार  ३ : ३२ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य