२०८३, २२ आश्विन शुक्रबार

सिन्धुलीमा रित्तियो क्रान्तिकारी माओवादी र मसालको सिंगो जिल्ला कमिटी, एमालेमा भए समाहित

सिन्धुलीमा रित्तियो क्रान्तिकारी माओवादी र मसालको सिंगो जिल्ला कमिटी, एमालेमा भए समाहित

सिन्धुली । सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ ।
कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र क्रान्तिकारी माओवादीको जिल्ला कमिटी एमाले सिन्धुलीमा समाहित भएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अविर तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला कमिटी मरिणमा आयोजित कार्यक्रममा समाहित भएपछि पुरै जिल्ला कमिटी रित्तो भएको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तवहादुर बिकको नेतृत्वमा सिंगो जिल्ला कमिटी एवम् चित्रवहादु केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आवद्ध ४० भन्दा बढी नेताहरु माओवादीमा समाहित भएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दिइने उपमहासचिव रिमालले बताउनुभयो ।
त्यसैगरी मोहन बैद्य नेतृत्वको बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन जरुरी रहेको निश्कर्ष निकाल्दै एमालेमा समाहित भएको हो ।
पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै उपमहासचिव रिमालले नेकपा एमाले कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताउँदै एमालेमा समाहित हुनेहरुलाई नेकपाको इतिहासलाई अझ बलियो बनाउने आफूहरुको चाहना भएको बताउनुभयो । उहाँले नेकपा स्थापनाको ७५ वर्ष मनाउँदै गर्दा तत्कालिन नेकपा निर्माणमा दक्षिणपन्थी अबसरवाद हाबी भएकाले टिक्न नसकेको बताउँदै त्यसको गंभीर समिक्षा गर्न आवश्यक भएको बताउनुभयो ।
नेकपा एमाले सिन्धुलीद्धारा शहिद ऋषि देवकोटाको ४३ औं स्मृति दिवशको अबसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रिमालले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधा गर्नुभएको थियो ।

सिन्धुलीमा अब एउटै कम्युनिष्ट पार्टी बनाउनु पर्छ भन्दै दुई कम्युनिष्ट पार्टीको जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । कम्युनिष्ट पार्टीहरु बिभिन्न नाममा बिभाजित भएर बर्गिय मुत्तिः आन्दोलन संभव नहुने निश्कर्ष निकालेका दुई पार्टी नेपाल कम्युनिष्ट पार्टी मसाल र क्रान्तिकारी माओवादीको जिल्ला कमिटी एमाले सिन्धुलीमा समाहित भएको छ ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले एक कार्यक्रमका बीच दुई पार्टीका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अविर तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभएको हो ।
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसाल र मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको सिन्धुली जिल्ला कमिटी मरिणमा आयोजित कार्यक्रममा समाहित भएपछि पुरै जिल्ला कमिटी रित्तो भएको छ । नेकपा मसालका जिल्ला सेक्रेटरी सन्तवहादुर बिकको नेतृत्वमा सिंगो जिल्ला कमिटी एवम् चित्रवहादु केसी सम्बद्ध राष्ट्रिय जनमोर्चामा आवद्ध ४० भन्दा बढी नेताहरु माओवादीमा समाहित भएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमालेमा उचित जिम्मेवारी दिइने उपमहासचिव रिमालले बताउनुभयो । त्यसैगरी मोहन बैद्य नेतृत्वको बागमती प्रदेश कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज बालकृष्ण थापा नेतृत्वमा रहेको कमिटी नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन जरुरी रहेको निश्कर्ष निकाल्दै एमालेमा समाहित भएको हो ।
पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै उपमहासचिव रिमालले नेकपा एमाले कुनै ठाउँको र कुनै खास व्यक्तिले बनाएको आन्दोलन नभएको बताउँदै एमालेमा समाहित हुनेहरुलाई नेकपाको इतिहासलाई अझ बलियो बनाउने आफूहरुको चाहना भएको बताउनुभयो । उहाँले नेकपा स्थापनाको ७५ वर्ष मनाउँदै गर्दा तत्कालिन नेकपा निर्माणमा दक्षिणपन्थी अबसरवाद हाबी भएकाले टिक्न नसकेको बताउँदै त्यसको गंभीर समिक्षा गर्न आवश्यक भएको बताउनुभयो ।
नेकपा एमाले सिन्धुलीद्धारा शहिद ऋषि देवकोटाको ४३ औं स्मृति दिवशको अबसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रिमालले एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहका रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु विषमलाल अधिकारी दनुवार, मनोजजंग थापा, कमलजंग राई, सुभाष देवकोटालगायतले सम्बोधा गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ३ : १९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य