२०८३, १४ कार्तिक शनिबार

श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैन’ : सांसद विराज

श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैन’ : सांसद विराज


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएको विषयलाई राज्यले बेलैमा हल गनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यको चौथो अंग आमसञ्चार माध्यममा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक नपाएको विषय उठेको हो । राज्यले समयमै श्रमजीविका समस्या हल गर्न नसके देशमा लोकतन्त्र फस्टाउन नसक्ने रास्वपा सांसद श्रेष्ठको भनाई छ ।

‘श्रमजीवि पत्रकारहरुले झेल्दै आइरहेका समयमै पारिश्रमिक नपाउने समस्यालाई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन’ सांसद श्रेष्ठले भने ।

श्रेष्ठले राज्यको चौथो अंगमा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक पाउनु पर्ने होकि होइन ? भन्दै प्रश्न पनि गरे ।

श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएको विषय सञ्चारगृहहरुबाट सडकसम्म पुगेको बताएका श्रेष्ठले श्रमजीविको पारिश्रमिक बेलैमा उपलब्ध गराउने वातावरण बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८०, १३ फाल्गुन आईतबार  ४ : ३९ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा