काठमाडौं, २० असोज : सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ । आज दिउँसो १ बजे बोलाइएको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जनाइएको छ । स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारी अनुसार यसअघि पनि मन्त्रीको टुङ्गो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले…