२०८२, २१ असार शनिबार

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने

उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने


काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज(आइतबार) बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।

निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् ।

आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ६ : २८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न