२०८३, १० भाद्र बिहीबार

चिन भ्रमणवारे झलनाथको टिप्प्णीः चीनको अनुदानमा खुलेका उद्योग कौडीको मोलमा बेच्ने कांग्रेस बीआरआईको विरोध गर्दैछ

चिन भ्रमणवारे झलनाथको टिप्प्णीः चीनको अनुदानमा खुलेका उद्योग कौडीको मोलमा बेच्ने कांग्रेस बीआरआईको विरोध गर्दैछ


काठमाडौं: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बीआरआईको विषयमा कुनै विवाद गर्नुपर्ने कारण नै नभएको बताउनु भएको छ । चीन प्रस्थान गर्नु अघि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बीआरआई अहिलेसम्म १५३ मुलुकले सम्झौता गरिसकेको बताउनुभयो ।
अमेरिका र भारतले विरोध गरे बीआरआई गलत हो भन्न नसकेको जिकिर गर्दै उहाँले ‘कांग्रेसको विरोध चीनले कुनै प्रकारको लोन दियो भने, त्यो ऋण पासो हुन्छ भन्ने गरेका छन्। तर, यो देशमा भयो भनेर उदाहरण दिन सकेको छैनन्। त्यस्तो छँदा पनि छैन।’

उहाँले कांग्रेसलाई लक्षित गर्दै भन्नुभयो, ‘हामीले सधै भिख मागेर मात्रै काम गर्नुपर्छ भन्ने छैन। केही साथीहरु चाहिँ अहिले चीनबाट हामीले अनुदान मात्रै लिनुपर्छ भन्ने तर्क गर्दैछन्। तर, तीनै साथीहरु हिजो चीनले अनुदानमा दिएर नेपालमा निर्माण भएको उद्योग धन्दाहरु कौडीको मोलमा बेच्नेहरु तीनै हुन्। जो आज अनुदान मात्रै लिनुपर्छ भन्दैछन्। अनुदान लिएको कुरा चाहिँ बेचेर खाने अनि अरु अनुदान लिन लाज लाग्दैन।’

उहाँले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा आग्रह र पूर्वाग्रहबाहिर गएर राष्ट्रिय हितलाई ध्यानमा गएर बीआरआईबारे सम्झौता गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८१, १५ मंसिर शनिबार  १२ : १० बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा