२०८३, १० मंसिर बिहीबार

‘मिलाएर कमाउने दिन सकियो, नियम नमान्नेलाई जेल कोच्छौँ’ : सञ्चारमन्त्री तिमिल्सिना

‘मिलाएर कमाउने दिन सकियो, नियम नमान्नेलाई जेल कोच्छौँ’ : सञ्चारमन्त्री तिमिल्सिना


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा देखिएका बेथिति, अनियमितता र सेवा प्रदायकहरूको मनोमानीविरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन्। लाइसेन्सका सर्त उल्लङ्घन गर्ने, नियामक निकायको निर्देशन अवज्ञा गर्ने र बजारमा चलखेल गर्ने सेवा प्रदायकलाई कानुनी कारबाहीको दायरामा ल्याउन उनले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्।

बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणको उपभोक्ता हित संरक्षण शाखाले आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तर’ विषयक अन्तरक्रियामा मन्त्री तिमिल्सिनाले कानुनभन्दा माथि कोही नरहेको स्पष्ट पारे।

उनले लाइसेन्स लिँदा गरेका प्रतिबद्धता पूरा नगर्ने सेवा प्रदायकलाई उन्मुक्ति दिन नसकिने भन्दै आवश्यक परे जेलसम्म पुर्‍याउनुपर्ने बताए। प्राधिकरणले आफ्नो कानुनी अधिकार प्रयोग गर्न नसक्ने हो भने नियामक निकाय हुनुको औचित्यमाथि नै प्रश्न उठ्ने उनको भनाइ थियो।

‘मिलाएर कमाउने दिन गयो। अब काम गरेर, जवाफदेहिता देखाएर र गुणस्तरीय सेवा दिएर मात्रै पैसा कमाउन सकिन्छ,’ उनले भने।

मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा राजनीतिक पहुँच, व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा निर्णय गराउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नियामक निकायलाई आफ्नो प्रभावमा राखेर व्यावसायिक स्वार्थ पूरा गर्ने दिन सकिएको उल्लेख गर्दै उनले त्यस्तो अभ्यासमा संलग्न हुनेहरू अन्ततः कानुनी कारबाहीमा पर्ने चेतावनी दिए।

उनले इन्टरनेट सेवा प्रदायकहरूले उपभोक्तालाई गुणस्तरीय सेवा दिनु कुनै अतिरिक्त सुविधा नभई न्यूनतम दायित्व भएको बताए। सरकारले नीतिगत सुधार र कानुनी दायराभित्र आवश्यक सहजीकरण गर्न तयार रहेको तर त्यसको अर्थ नियम उल्लङ्घन गर्ने छुट नभएको उनको स्पष्टोक्ति थियो।

दूरसञ्चार क्षेत्रलाई भ्रष्टाचार र चलखेलको अखडाका रूपमा हेर्ने सार्वजनिक धारणालाई बदल्न सरकार, नियामक र सेवा प्रदायक सबै जिम्मेवार हुनुपर्ने उनले बताए। प्राधिकरणलाई कानुनी सीमाभित्र रहेर कडाइका साथ नियमन गर्न निर्देशन दिँदै मन्त्रीले उपभोक्ताको हितविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

‘कानुनलाई चुनौती दिने, नियामकलाई अवज्ञा गर्ने र उपभोक्तालाई चुनौती दिनेहरूको गलत दिन सुरु हुँदैछ,’ मन्त्री तिमिल्सिनाले चेतावनी दिए।

उनको अभिव्यक्तिले दूरसञ्चार क्षेत्रमा लामो समयदेखि उठ्दै आएका नियमन, पारदर्शिता, सेवा गुणस्तर र व्यावसायिक जवाफदेहिताका सवालमा सरकार कडा कदम चाल्ने तयारीमा रहेको संकेत गरेको छ।

प्रकाशित मिति : २०८३, १० मंसिर बिहीबार  ५ : ५६ बजे

‘मिलाएर कमाउने दिन सकियो, नियम नमान्नेलाई जेल कोच्छौँ’ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा

नयाँ मर्यादाक्रममा सोविता गौतम तेस्रो स्थानमा, तीन मन्त्री एक–एक स्थान तल

काठमाडौं । राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय

ओलीको प्रस्ताव : खर्च जोगाउने हो भने मंसिरमै प्रदेश र संघको निर्वाचन गरौँ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन

२२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता

काठमाडौं । अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई ‘दर्पणछायाँ’

तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी 

काठमाडौं । नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग