काठमाडौं । नेकपा (एमाले) ले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुमवासीलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सरकारको निर्णयलाई आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भन्दै तत्काल फिर्ता लिन माग गरेका छन्।
उनले घर भत्काएर पुनर्वासको आश्वासन दिने तर महिनौँसम्म अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारी कदम संविधानप्रदत्त आवासको हक र सामाजिक न्यायको मर्मविपरीत रहेको बताएका छन्।
‘राज्य नागरिकको अभिभावक हो, बेघर नागरिकलाई थप बेघर बनाउने निकाय होइन,’ आचार्यले भनेका छन्।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन हुनुपर्ने एमालेको धारणा छ।
एमालेले होल्डिङ सेन्टरबाट सुकुमवासीलाई हटाउने निर्णय तत्काल फिर्ता लिन र उनीहरूका लागि सुरक्षित तथा वैकल्पिक आवासको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ।







प्रतिक्रिया