काठमाडौँ । आन्तरिक सहमति जुटाउने प्रयोजनका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक दुई घण्टा पछि सारिएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहान जारी गरेको प्रेस नोटमार्फत बैठक बिहान ११ बजेको सट्टा दिउँसो १ बजे बस्ने जानकारी दिएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।