२०८३, २० आश्विन बुधबार

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता


काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ।

उक्त जहाज राति ९ः४५ बजे काठमाडौँबाट धनगढीतर्फ उडेको थियो। धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरिए पनि सफल हुन नसकेपछि जहाज राति करिब १२ः०० बजे काठमाडौँ फर्किएको हो।

उडानमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार रहेका थिए। गन्तव्यमा अवतरण हुन नसक्दा यात्रु केहीबेर अलपत्र परेका थिए भने काठमाडौँ फर्किएपछि विमानस्थलमा केही यात्रुले असन्तुष्टि जनाएका थिए।

एयरलाइन्सका कर्मचारी सागर पौडेलका अनुसार टिकट फिर्ता गर्न चाहने यात्रुलाई रकम फिर्ता गरिनेछ। यात्रा जारी राख्न इच्छुक यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

जहाज अवतरण हुन नसक्नुको कारणबारे भने कम्पनीले आधिकारिक जानकारी दिएको छैन।

प्रकाशित मिति : २०८२, ४ फाल्गुन मंगलबार  ९ : ४९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय