२०८३, ११ कार्तिक बुधबार

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता


काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता भएको छ।

उक्त जहाज राति ९ः४५ बजे काठमाडौँबाट धनगढीतर्फ उडेको थियो। धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरिए पनि सफल हुन नसकेपछि जहाज राति करिब १२ः०० बजे काठमाडौँ फर्किएको हो।

उडानमा चालक दलका सदस्यसहित ८० जना यात्रु सवार रहेका थिए। गन्तव्यमा अवतरण हुन नसक्दा यात्रु केहीबेर अलपत्र परेका थिए भने काठमाडौँ फर्किएपछि विमानस्थलमा केही यात्रुले असन्तुष्टि जनाएका थिए।

एयरलाइन्सका कर्मचारी सागर पौडेलका अनुसार टिकट फिर्ता गर्न चाहने यात्रुलाई रकम फिर्ता गरिनेछ। यात्रा जारी राख्न इच्छुक यात्रुलाई मंगलबार बिहानको उडानमार्फत धनगढी पठाइने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

जहाज अवतरण हुन नसक्नुको कारणबारे भने कम्पनीले आधिकारिक जानकारी दिएको छैन।

प्रकाशित मिति : २०८२, ४ फाल्गुन मंगलबार  ९ : ४९ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३