२०८३, ३० भाद्र बुधबार

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय संरचना खलबलिएको बताएका छन्। जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

थापाले सहकारीका नाममा भइरहेको ठगीप्रति कडा टिप्पणी गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताए। “सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटरब्याज र लघुवित्तका ठगहरूलाई पनि नियन्त्रण गर्छौं,” उनले भने, “मधेशमा दिगो र विश्वसनीय वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौं।”

उनले आफू मधेशका दलित, अल्पसङ्ख्यक र महिलाका लागि नयाँ सोच र योजनासहित अघि बढेको बताए। साथै, मधेशमा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि विशेष पहल गरिने जानकारी दिए ।

त्यस्तै, उनले मधेशमा क्रिकेट रंगशालालगायत अन्य पूर्वाधार विकासका काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  ७ : ०४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक