२०८३, ११ कार्तिक बुधबार

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय संरचना खलबलिएको बताएका छन्। जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले मिटरब्याज, लघुवित्त र सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

थापाले सहकारीका नाममा भइरहेको ठगीप्रति कडा टिप्पणी गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने बताए। “सहकारीका ठगहरूलाई तह लगाउने मात्रै होइन, मिटरब्याज र लघुवित्तका ठगहरूलाई पनि नियन्त्रण गर्छौं,” उनले भने, “मधेशमा दिगो र विश्वसनीय वैकल्पिक वित्तीय संरचना निर्माण गर्न चाहन्छौं।”

उनले आफू मधेशका दलित, अल्पसङ्ख्यक र महिलाका लागि नयाँ सोच र योजनासहित अघि बढेको बताए। साथै, मधेशमा लागूऔषध दुर्व्यसनको समस्या गम्भीर रहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि विशेष पहल गरिने जानकारी दिए ।

त्यस्तै, उनले मधेशमा क्रिकेट रंगशालालगायत अन्य पूर्वाधार विकासका काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  ७ : ०४ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३