२०८२, २० फाल्गुन बिहीबार

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रोश्नी मेचे निर्वाचित भएकी छन्। नेपालकै अति सीमान्तकृत तथा लोपोन्मुख मेचे समुदायबाट देशको माथिल्लो सदन (राष्ट्रिय सभा) पुग्ने उनी पहिलो महिला बनेकी छन्। नेकपा एमालेको तर्फबाट महिला कोटामा उम्मेदवार बनेकी मेचे नेपाली कांग्रेस–एमालेबीचको चुनावी समीकरणका कारण सहज जित निकाल्न सफल भइन्। निर्वाचनमा उनले ७ हजार १७३ मत प्राप्त…