२०८२, ५ माघ सोमबार

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी मुलुक र विश्वका शक्तिशाली देशहरूको विदेशी चलखेल रहेको बताएका छन्। मंगलबार थापागाउँमा आयोजित मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोहमा बोल्दै कोइरालाले नेपाल रणनीतिक भू–अवस्थितिमा रहेकाले विदेशी चासो स्वाभाविक भएको उल्लेख गरे। उनले विदेशी शक्तिहरूले नेपाली राजनीतिज्ञहरूलाई जनताप्रति इमान्दार हुन र सुशासनमा ध्यान दिन सधैं आग्रह…